Skip to main content

Posts

Featured

विश्वविख्यात प्रभाववादी कलाकार डेगाद्वारा सिर्जित "चौध वर्षीय सानी नर्तकी"

तेजेश मान शाक्य              फ्राँसको राजधानी पारिमा अवस्थित म्युजे डोख्से अर्थात् पेरिसको डोर्से संग्रहालयमा स्थायी प्रदर्शनीमा राखिएको यस काँस्य मूर्ति १९औं शताब्दीको उत्तरार्ध तथा २०औं शताब्दीको प्रारम्भका फ्राँसेली मूर्तिकार एडग्यार डेगाद्वार सिर्जित मैनको मूर्तिको प्रतिकृति हो। मौलिक रुपमा बनाइएको मैनको मूर्ति सन् १८८१मा सम्पन्न ६औं प्रभाववादी कला प्रदर्शनीमा पहिलो पटक प्रस्तुत गरिएको थियो। जसलाई प्रभाववादी कलाकार डेगाले सन् १८७८मा फ्राँसको राजधानीमा रहेको पारि ओपरा बाले अर्थात् पेरिस ओपेरा ब्यालेका छात्रा तथा नर्तकी मारी जनभिएभ भन गेथेमलाई बाना अर्थात् मोडेलको रुपमा मूर्ति बनाउन शुरु गरेका थिए। सो मूर्ति त्यो बेलाको निम्न वर्गका फोहोरी कामदारको पृष्ठभूमिमा रहेका गरीब तर सुन्दर फ्राँसेली तरूनी तथा नर्तकीहरुको वास्तविक जीवनलाई उजागर गर्ने आधुनिक विषयवस्तुमा बनाइएको थियो। ९८.९ से.मी. ऊचाई ३५.२ से.मी. लम्बाई ३४.७ से.मी. चौडाई को आयतनमा रहेको सो मूर्ति काष्ठको आधार माथि रंग मिश्रित माहुरीको मैन, माटो, धातुको आर्मेचर, डोरी, तुलिका, मानव केश, रेशम र लिननको रिबन, सुती कपडाको फायल बाडस,

Latest posts

METAL CASTER’S METHOD OF OTHER COUNTRIES

RESEARCH METHODOLOGY & REPORT WRITING BASIC

उकुबाहाःको वर्तमान स्वरुप